राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल «

राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजारकित्ता सेयर सर्वसाधारणको लागि आईपीओ जारी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्