साइबर आक्रमणले रोकियो अमेरिकी अखबारको वितरण «

साइबर आक्रमणले रोकियो अमेरिकी अखबारको वितरण

वासिङटन-शनिबार साइबर हमलापछि कतिपय अमेरिकी अखबारको छपाइ र आपूर्तिमा अवरोध आएको अमेरिकी मिडियाहरुले जनाएका छन् ।
यो आक्रमणले ‘द लस एन्जलस टाइम्स’, ‘शिकागो ट्रिब्यून’, ‘बाल्टिमोर सन’, र अन्य पत्रिकाको वितरणमा ढिलाई भएको थियो ।
सुरुमा शुक्रबार केही त्रुटि देखिएको थियो । जसले अखबारको छपाई प्लान्टको काममा अवरोध आएको थियो । यो आक्रमण अमेरिका बाहिरबाट भएको लस एन्जलस टाइम्सले जनाएको छ ।
लस एन्जलसमा समान किसिमको उत्पादन प्लेटफर्म प्रयोग गर्दै आएको वाल स्ट्रिट जर्नल र न्यूयोर्क टाइम्सको वेस्ट कोस्ट संस्करण पनि प्रभावित भएका छन् ।
“सूचना चोरीको विपरित विषेशगरी पूर्वाधार र सर्भरलाई असक्षम तुल्याउने गरी आक्रमण भएको विश्वास हामीले लिएका छौ,” आक्रमसँग जानकार अज्ञान स्रोतले लस एन्जलस टाइम्सलाई बताए ।
ट्रिब्यून पब्लिसिङका प्रवक्ता मारसा कोयियासले विज्ञप्तिमार्फत यो घटनाको पुष्टि गरेकि छन् । भाइरसले अखबार उत्पादन र प्रकाशनका लागि प्रयोग हुने कार्यालय प्रणालीमा असर पारेको उनले बताइन् ।
“कम्पनीको प्रत्येक बजार प्रभावित भएको छ,” कोलियासले बताइन् । यद्यपि उने अवरोध आएको विशेष किसिमको अवस्था बारे बताउन अस्वीकार गरेको लस एन्जलस टाइम्सले जनाएको छ ।
न्यूयोर्कडेली न्यूज, ओर्लान्डो सेन्टिनेल र अनापोलिस क्यापिटल गजेट लगायत कम्नीको स्वामित्वमा रहेका अन्य प्रकासन पनि प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्