भारतद्वारा परमाणु सक्षम मिसाइलको नँया संस्करण अग्नि पी को सफल परीक्षण «

भारतद्वारा परमाणु सक्षम मिसाइलको नँया संस्करण अग्नि पी को सफल परीक्षण

भारतले सोमबार बालासोरको ओडिशाको तटमा रहेको डा एपीजे अब्दुल कलाम टापुबाट परमाणु सक्षम मिसाइलको नँया संस्करण अग्नि पी को सफल परीक्षण गरेको छ।

रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “पूर्वी तटमा स्थित विभिन्न टेलिमेट्री र रडार स्टेशनहरूले मिसाइल को निगरानी गरेको थियो। मिसाइलको निर्धारण गरिएको सम्पूर्ण नियम को अनुसरण गर्दै अभियानको उद्देश्य को पनि पूर्ति गरेको छ।”

अग्नि पी एक नया संस्करण को मिसाइल हो। अग्नि पी धातुबाट बनेको एक मिसाइल हो जसको दायरा क्षमता १,००० र २,००० किलोमिटर बीच रहेको छ।

यो मिसाइल अग्नि ३ भन्दा ५० प्रतिशत ले हल्का छ र यसमा नँया र आधुनिक उपकरण जडान गरिएको छ। धातुबाट बनेको कारण यो मिसाइल रेल र सडकबाट प्रक्षेपण गर्न सकिन्छ र जहाँ पनि लामो अवधिको लागि भण्डार गर्न सकिन्छ र सञ्चालन आवश्यकता अनुसार सम्पूर्ण देशभरि ढुवानी गर्न सकिन्छ।

१,००० र २,००० किलोमिटर को दायरा क्षमता रहेको कारणले यस मिसाइले हिन्द-प्रशान्त क्षेत्रमा आफ्ना शत्रुमा पनि लक्षित गर्न सकिन्छ।

त्यस्तै जून महिनाको २५ तारिख मा डीआरडीओले ओडिशाको तटमा रहेको चंडीपुरको एकीकृत परीक्षण दायरा (आईटीआर) मा मल्टि-ब्यारेल रकेट लान्चर (एमबीआरएल) बाट स्वदेश निर्मित पिनाका रकेटको सफल परीक्षण गरेको थियो।

जम्मा २५ वटा त्यस्ता पिनाका रकेटको सफल परीक्षण गरिएको थियो। यस क्रममा सम्पूर्ण उद्देश्य को प्राप्ति भएको थियो।

पिनाका रकेट प्रणालीले ४५ किमी दुरी सम्म रहेको आफ्नो लक्षलाई नष्ट गर्नसक्छ।

उही दिन भारतीय प्रमुख रक्षा अनुसन्धान संगठनले स्वदेश निर्मित १२२ एमएम कालिबर रकेटको सफल परीक्षण गरेको थियो। उक्त परीक्षण ओडिशाको तटमा रहेको चंडीपुरको आईटीआरमा मल्टि-ब्यारल रकेट लन्चर (एमबीआरएल) बाट गरिएको थियो।

जम्मा ४ वटा त्यस्ता १२२ एमएम रकेटको सफल परीक्षण गरिएको थियो। यस क्रममा सम्पूर्ण उद्देश्य को प्राप्ति भएको थियो।

यी रकेटहरू सेनाको प्रयोगको लागि विकसित गरिएको हो। यसले ४० किमी दुरी सम्म रहेको आफ्नो लक्षलाई नष्ट गर्नसक्छ।

स्रोत : इन्डिया न्युज नेटवर्क

प्रतिक्रिया दिनुहोस्