हाम्रो टिम नेपाललाई प्रहरीले हटायो «
Logo

हाम्रो टिम नेपाललाई प्रहरीले हटायो

हाम्रो टिम नेपालले सञ्चालन गर्दै आएको खाना बनाउने स्थानलाई काठमाडौं महानगरपालिकाले हटाएको छ ।
हाम्रो टिम नेपालले अनामनगरस्थित रहेको सार्वजनिक जग्गामा निषेधाज्ञाको समयमा भोकभोकै परेका मजदुरहरूलाई खाना खुवाउने गरेको थियो । सो जग्गाबाट सोमबार महानगरपालिकाले हाम्रो टिम नेपाललाई हटाएको हो ।

प्रहरीले बलपूर्वक टिमका सदस्यहरूलाई त्यहाँबाट हटाएको छ भने हाम्रो टिम नेपालले बनाएको टहरा पनि भत्काएको छ ।
काठमाडौं महानगरपालिकाको अनुमतिबिना सार्वजनिक जग्गा अतिक्रमण गरी त्यहाँ बसेको र महानगरपालिकाको आदेश अनुरुप त्यहाँबाट हटाइएको काठमाडौं महानगरपालिकाका नगरप्रहरी दिनेश अर्यालले बताए ।
जग्गा खालि गराउने क्रममा प्रहरीले दर्जनबढी स्वयंसेवकहरूलाई नियन्त्रणमा समेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्