काठमाडौंमा स्ट्रिक्स प्रोफेसनलको मेरिगोल्ड कलेक्सनको प्रदर्शनी «

काठमाडौंमा स्ट्रिक्स प्रोफेसनलको मेरिगोल्ड कलेक्सनको प्रदर्शनी

 प्रिमियम हेयर प्रोडक्ट ब्रान्ड स्ट्रिक्स प्रोफेसनलले नेपालमा पहिलो पटक मेगा हेयर शो ‘हेयर एण्ड बियोण्ड’ कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमले इच्छुक तथा सहभागी हेयर स्टाइलिस्टहरूलाई कटिङ, कलरिङ र स्टाइलिङको क्षेत्रमा प्रेरणा प्रदान गरेको हो ।
उक्त कार्यक्रममा उपस्थित सहभागीहरूले स्ट्रिक्स प्रोफेसनलका टेक्निकल हेड जावेद हबिब र एग्नस चेनद्वारा हेयर कटिङ, कलरिङ र स्टाइलिङबारे नवीनतम ट्रेन्ड र प्रविधिसम्बन्धी जानकारी तथा ज्ञान प्राप्त गरेका थिए । उक्त हेयर शोका सेलिब्रिटी जावेद र एग्नसले स्ट्रिक्स प्रोफेसनलको नवीनतम कलेक्सन ‘मेरिगोल्ड’ का साथ विभिन्न प्रयोगात्मक परीक्षण गरी दर्शकहरूलाई उत्साहित
बनाएका थिए । स्ट्रिक्स प्रोफेसनलको स्प्रिङ समर कलेक्सनको रूपमा प्रस्तुत मेरिगोल्डमा हेयर स्टाइलिङका लागि चाहिने आकर्षक चमक र सुन्दरता थपिएको कजनाएको छ ।
मेगा हेयर शोको अवसरमा स्ट्रिक्स प्रोफेसनलले नेपाली बजारमा कपाल स्ट्रेट गर्नेका साथै कपाललाई मुलायम र चम्किलो बनाउने उच्चस्तरीय स्ट्रेटनिङ सोलुसन क्यान्भो लाइनसमेत लन्चगरेको छ । उक्त कार्यक्रममा स्ट्रिक्स प्रोफेसनलका लागि नेपालका सुपरमोडल आस्था पोखरेल र अमित रञ्जनले ¥याम्प वाक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्