शाहरुखलाई भेट्न खोज्दा २२ महिना जेलको बास «

शाहरुखलाई भेट्न खोज्दा २२ महिना जेलको बास

पेशावर-बलिउड स्टार शाहरुख खान तथा काजोलसँग भेट्ने चाहना बोकेर अवैध रुपमा भारत प्रवेश गरेका एक पाकिस्तानी नागरिक २२ महिना जेलको बासपछि आफ्नो देश फर्किएका छन् । खैबर पख्तुनख्वा प्रान्तका स्वात जिल्लाका मिंगोरा निवासी अब्दुल्लालाई भारतीय अधिकारीले २८ मे २०१७ मा पक्राउ गरेका थिए । उनी बाघा सीमा गेटमा प्रत्येक साझ हुने गरेको बिटिङ रिट्रिट समारोहमा सहभागी हुन आएको समयमा भारतीय अधिकारीले पक्राउ गरेका हुन् । समारोहपछि उनले जीरो लाइन पार गरेको र आफुले शाहरुख तथा काजोलसँग भेट्न चाहेका अधिकारीलाई बताएका थिए ।
अधिकारिले उनलाई नयाँ दिल्लीको पाकिस्तानी उच्चायोगद्वार जारी आपतकालिन यात्रा प्रमाणपत्रको आधार अटारी–बाघा सीमाको माध्यमबाट बुधबार स्वदेश फिर्ता पठाइएको बताएका छन् । आफ्नो घर पुगेपछि उनका नातेदार, छिमेकी, साथी तथा शुभचिन्तकले माल लगाएर उनको स्वागत गरेका थिए । अब्दुल्लाले आफु शाहरुख तथा काजोलदको फ्यान भएको उनीहरुसँग भेट्नका लागि सीमा पार गरेको गएको बताएको स्थानिय सञ्चार माध्यमहरुले बताएका छन् ।
उनलने भने,“भारतीय सीमा सुरक्षा बलले मलाई गिरफ्तार ग-यो र प्रहरी चौकिमा पठायो । यसपछि मलाई अमृतसरको केन्द्रीय जेलमा पठाइयो ।”
“मैले जेल अधिकारीको माध्यमबाट भारत सरकारलाई पत्र लेखेर शाहरुख तथा कालोजसँग भेट्ने व्यवस्था मिलाउनका लागि अनुरोध गरे । तर मेरो आग्रहको कुनै सुनुवाई भएन ।” उनले घर फर्केपछि अन्य पाकिस्तानी नागरिकलाई गैर कानुनी तरिकाबाट भारत प्रवेश नगर्नका लागि समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्