Logo

संवैधानिक इजलासमा विपक्षिको बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा विपक्षी बनाइएको सरकारको तर्फबाट बहस सुरु भएको छ ।
संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिलको समूह र प्रधानमन्त्रीको पक्षबाट कानुन व्यवसायीहरूले बहस सुरु गरेका हुन् । सरकारी वकिलको समूहबाट महान्यायाधिवक्ता रमेश बडालले बहस थाल्नु भएको छ ।


गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेका थिए । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । सोमबार बहस सुरु गरेका महान्यायाधिवक्ता बडाललाई बहस गर्न ३ घण्टा समय दिइएको छ । संवैधानिक इजलासले रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस गर्नका लागि १५ घण्टाको समय छुट्याइएको छ ।


अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरूमाथि यही असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ । यसअघि १५ घण्टा बहस गरेका रिट निवेदक कानुन व्यवसायीहरूले प्रतिनिधिसभा विघटनको माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका विपक्षी गठबन्धनका १ सय ४६ सांसदको तर्फबाट दायर रिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न पनि माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्