गण्डकी प्रदेशमा १ लाख ६६ हजार ५ सय दोस्रो चरणको खोप आवश्यक «

गण्डकी प्रदेशमा १ लाख ६६ हजार ५ सय दोस्रो चरणको खोप आवश्यक


कास्कीसहित गण्डकी प्रदेशका ११ जिल्लामा दोस्रो चरणका लागि १ लाख ६६ हजार ५ सय ४१ जनालाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउनुपर्ने अवस्था छ । प्रदेशमा २ लाख १५ हजार ८ सय १ जनाले पहिलो चरणको खोप लगाए पनि हालसम्म ४९ हजार २ सय ६० जनाले मात्र दोस्रो चरणको खोप लगाएको गण्डकी प्रदेशको प्रदेश स्वास्थ्य आपुर्ति मन्त्रालयका निर्देशक खिमबहादुर खड्काले बताए ।


उनका अनुसार २९ हजार ३ सय ३६ जनालाई चाइनबाट ल्याएको कोरोना विरुद्धको खोप (भेरोसिल) पहिलो चरणमा मात्र लगाइएको छ भने भारतबाट ल्याइएको कोभिडशिल्ड १ लाख ३७ हजार २ सय ५ जनालाई पहिलो चरणको मात्र खोप दिइएको हो । पहिलो चरणमा खोप लगाएकाहरूलाई दोश्रो चरणको खोपको हालसम्म कुनै सुनिश्चित नहुँदा खोप लगाएकाहरूले चिन्त्ता व्यक्त गर्न थालेका छन् । कोभिडशिल्ड पहिलो चरणमा खोप लगाएकाहरूलाई दोश्रो चरणमा १२ देखि १६ सातासम्म लगाउँदा लाभदायिक हुने भएको निर्देशक खड्काले जनाए । भेरो शिल्डको एक महिनामा दोस्रो डोज दिँदा उपयुक्त हुने भएको उनले जनाए । हालसम्म निर्देशनालयमा एक डोज पनि आफूहरूसँग स्टक खोप नभएकोे निर्देशक खड्काले जनाए ।


यसैबीच, कास्कीमा करिब ५७ हजार ७ सय ५४ जनालाई दोश्रो चरणको खोप व्यबस्थापन गर्नु पर्ने जिल्ला जनस्वास्थ अधिकृत बाबुराम आचार्यले बताए । उनका अनुसार हालसम्म कास्कीमा १७ हजार जनाले मात्र दोस्रो डोजको खोपको मात्र पुरा गरेका छन् । कास्कीमा ९ हजार ६ सय ९४ जनाले भेरेसिल र ६५ हजार ६० जनाले भने कोभि शिल पहिलो चरणको लागि लगाइएको आचार्यले जनाए । कास्कीमा भने १ सय ५ कोभिडशिल्डको दोस्रो डोजको मौजदात रहेको जनस्वास्थ्य निर्देशक आचार्यले जनाए । कोरोना उपचार केन्द्रका अस्पतालबाट अतिआवश्यक भएकाहरूको लागि उत्तः खोप व्यबस्थापन हुने भएको उनले जनाए । साउन मसान्तरसम्म रहेका उक्त खोप यही असार मसान्तरभित्र लगाउने गरी तयारी गरिएको आचार्यले जनाए ।


प्रदेश सरकारले खोप व्यबस्थापना गर्न बजेट व्यवस्थापन गरे पनि संघिय सरकारले समयमै खोप व्यवस्थापन गर्ने विषयमा गम्भिर नहँुदा प्रदेशहरूमा कहिले सम्म कति खोप जाने त्यसको अझै अन्यौल भएको हो । गण्डकी प्रदेशमा गरिब २५ लाख जनसङख्या छ । पहिलो चरणमा स्वास्थ्यकर्मी सहितका फन्टलाइनरहरू र दोस्रो चरणमा ६२ देखि माथिका उमेर समूहलाई खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्