ए डिभिजन लिग असोज ३ गतेदेखि «

ए डिभिजन लिग असोज ३ गतेदेखि

Football.

फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२१ असोज ३ गतेदेखि हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सबै पदाधिकारीहरूसँग छलफल गरेर ‘ए’ डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको छ ।

आज (सोमबार) दिउसो एन्फा मुख्यालयमा बसेको ‘ए’ डिभिजन लिग र एन्फा पदाधिकारीहरूको बैठकले लिगको मिति तय गरेको हो । बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता पर्सी बुधबारबाट खुला हुने बताएको छ । कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्न एन्फाले असोज महिनालाई तोकेको हो ।


असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजनमा हुने छैन । एन्फाले लिग असोजमा सुरु गर्ने मिति घोषणा गरेपनि सकिने मिति भने खुलाएको छैन । एन्फाको क्यालेन्डरअनुसार ए डिभिजन लिग भदौ देखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । सोही लक्ष्यअनुसार शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्