गरिमा विकास बैंकको शाखा नेपालगन्जमा «

गरिमा विकास बैंकको शाखा नेपालगन्जमा

यस गरिमा विकास बैंक लिमिटेडले बिहीबार बा¤के जिल्लाको नेपालगञ्ज शाखा कार्यालयको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । शाखा कार्यालयको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमशेर जबराले गरेका हुन् । विकास बैंकले बुधबार घोराही र धनगढी शाखा कार्यालयको उद्घाटन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन् । विकास बैंकले छिट्टैनै पर्साको वीरगन्ज, चितवनको टाँडी र मिलनचोक, दाङको तुल्सीपुर, बाँकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङको बेसीसहरमा समेत शाखा कार्यालय खोल्दैछ । बुधबारसम्ममा विकास बैंकले २५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २२ अर्ब ३० करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्