सेञ्चुरी बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण «

सेञ्चुरी बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ थान कम्प्युटर बाल विनायक आधारभूत विद्यालय, सूर्यविनायक नपा– २ लाई हस्तान्तरण गरिएको छ । सो कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबुकाजी श्रेष्ठलाई शुक्रबार हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा बैंकका मार्केटिङ म्यानेजर सुवास शर्मा र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुबास कार्की तथा अन्य पदआधिकारीहरूको उपस्थिति थियो । साथै बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले बालचेतन आधारभूत विद्यालय, सूर्यविनायक नपा–४ को प्रधानाध्यापक राम शरण खड्कालाई ३५ थान स्कुल ब्यागसमेत हस्तान्तरण गरेका छन् । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयहरूबाट शिक्षा क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य थुप्रै कार्यक्रमहरू गर्दै आएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्