आशा लघुवित्तको थप चार शाखा «

आशा लघुवित्तको थप चार शाखा

आशा लघुवित्त वित्तीय संस्थाले बिहीबार एकैदिन थप चारवटा शाखा कार्यालयहरू स्थापना गरी कारोबार सुरु गरेको छ । थप गरिएका शाखा कार्यालयहरू महोत्तरीको एकडारागाउँपालिका, धनुषाको मुखियापट्टी मुसहर मनिया गाउँपालिका, सिराहाको सखुवा नान्कारकट्टी गाउँपालिका तथा सप्तरीको रुपनी गाउँपालिकामा स्थापना गरिएका छन् । शाखा कार्यालयहरू थप गरिएपछि वित्तीय संस्थाका शाखाहरूको संख्या ४५ पुगेको छ भने लघुवित्त सेवा २८ वटा जिल्लाहरूमा विस्तार भएको संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्