टाइगर प्यालेसमा भारतीय पर्यटकको आकर्षण

रुपन्देही- गत वर्षदेखि भैरहवा क्षेत्रमा सञ्चालनमा आएको वैदेशिक लगानीको पाँचतारे रिसोर्ट ‘टाइगर प्यालेस’मा भारतीय पर्यटकहरूको आकर्षण बढ्दै गएको छ ।
सिद्धार्थ राजमार्गको भैरहवा–बुटवल खण्डमा रहेको यो टाइगर प्यालेस रिसोर्ट नेपालकै उत्कृष्ट मध्येको एक बन्दै गएको छ । भारतीय कर्पोरेट हाउसलगायत धनाढ्यहरूले पहिला काठमाडौं, पोखरालगायतका स्थानमा कर्पोरेट कार्यक्रम, डिलर्स मिट, बिबाह, वैवाहिक वार्षिकोत्सवलगायतका बिभिन्न कार्यक्रम गर्दै आएकोमा अब त्यस्ता कार्यक्रम गर्न टाइगर प्यालेसमा आउने क्रम बढेको शान्त वातावरण, उत्कृष्ट सेवा तथा विदेशी पर्यटकहरूका लागि नेपालकै सबैभन्दा ठूलो क्यासिनोसमेत रहेकाले पनि सबैको आकर्षण बढ्दै गएको हो । रिसोर्टमा अहिले मुख्य ग्राहकका रूपमा भारतीयहरू नै बढी छन् ।
गत वर्षको डिसेम्बर २४ बाट बुकिङ सुरु भएको यो टाइगर रिसोर्टमा मुम्बई, दिल्ली, लखनउ, बनारस, कानपुर, गोरखपुरलगायतका अन्य ठूला सहरबाट पर्यटक आउने गरेको रिसोर्टकी सेल्स म्यानेजर अनिता बस्नेतले बताइन् ।
हामीहरूले प्रदान गर्ने सेवा तथा यहा प्रदान हुने सबै सुविधा काठमाडौं, पोखरा भन्दा नजिक, स्थलमार्गबाट गोरखपुरबाट ३ घन्टामै आउन सकिने जस्ता कारणले यो रिसोर्ट रोजाइमा परेको छ, बस्नेतले भनिन् । भारतका ९ ठूला घरानाहरूले आफ्नो छोराछोरीको विवाह यहाँ आएर गरिसकेका छन् भने अन्य वैवाहिक वार्षिकोत्सव, इन्गेजमेन्ट कार्यक्रम मात्र नभई भारतीय कम्पनीहरूको उत्पादन भारतीय क्षेत्रमै गर्ने बितरकहरूको डिलर्स मिट, बिटुबी कार्यक्रमहरू समेत आयोजना गर्न आउने क्रम समेत बढेको छ ।
साता अघि मात्रै मुम्बईमा टेक्सटाइल उद्योग रहेको अस्भिर प्रिमियम फेब्रिक्सले पनि आफ्ना मुख्य बितरक सहितको टोलीलाई यही रिसोर्ट ल्याएर कर्पोरेट डिलर्स मिट तथा बिटुबी कार्यक्रम गरेको थियो । ५ दिन सम्मको कार्यक्रममा अलग–अलग क्षेत्रका गरी ५ सय सहभागी थिए ।
रिसोर्टकी सेल्स म्यानेजर अनिता बस्नेतका अनुसार आफूहरूले प्रदान गर्ने सेवा सुबिधा उत्कृष्ट रहेकाले नै भारतीय पर्यटकहरूको आकर्षण बढ्दै गएको बताईन् । भारतीय संगै रिसोर्टमा नेपाली हरू र तेस्रो मुलुकका पर्यटकहरू पनि आउने गरेका छन्, बस्नेतले भनिन् । क्यासिनोमा भने नेपालीहरूलाई कानुनअनुसार प्रवेशमा बन्देज छ ।
रिसोर्टमा आउने पर्यटकमध्ये ७० प्रतिशतको हाराहारीमा भारतीय पर्यटक छन् । १०२ कोठा रहेको रिसोर्ट अहिले भरिभराउ छ । सोमबार, मंगलबार र बुधबारलाई पनि अकुपेन्सी शतप्रतिशत रहेको बस्नेतले जानकारी दिइन् । त्यसैगरी अंग्रेजी नववर्ष मनाउन आउने भारतीय, नेपाली र तेस्रो मुलुकका पर्यटकका कारण रिसोर्टका सबै कोठा २८ डिसेम्बरदेखि जनवरी १ सम्म बुकिङ भइसकेका छन् । आउँदो वर्ष २०१९ को जुन र जुलाईसम्मका लागि करिब ८० प्रतिशत बुकिङ भइसकेको छ ।
भारतीय पर्यटकका अलावा नेपालीहरू, विदेशी तथा अझ चाइनिजहरू पनि आउने गरेका छन् । टाइगर रिसोर्टको ख्याति यतिसम्म बढेको छ कि केही महिनाअघि काठमाडौंबाट ३ वटा विमान चार्टर गरेर कार्यक्रम आयोजना गर्न आएका थिए । विशेष गरी रिसोर्टले नेपाली नयाँवर्ष, अंग्रेजी नयाँ वर्ष, प्रेम दिवस, भारतको इन्डेपेन्डेन्स ड, चाइनिज न्यू–इयरलगायत अन्य बिभिन्न महत्वपूर्ण दिनमा देश–विदेशका चर्चित कलाकारहरू ल्याई सांगीतिक कार्यक्रमसमेत आयोजना गर्दै आएको छ । पर्यटकको चाहना अनुसारको कार्यक्रम उनीहरूको रोजाइको परिकार, सेवा सुबिधाको उपलब्धताले टाइगर रिसोर्टमा आकर्षण बढिरहेको र नेपालकै उत्कृष्ट रिसोर्टको रूपमा विकसित गरिने महाप्रबन्धक ब्रिट मोडलले जनाए ।
नेपालीहरू पनि वैवाहिकलगायत अन्य बिभिन्न कार्यक्रम, बिभिन्न संघ–संस्थाहरूसमेत कार्यक्रम आयोजनका लागि त्यहाँ पुग्ने गरेका छन् । नेपालीहरूलाई प्राथमिकता दिने गरिएको बस्नेतको भनाइ छ ।