जिप्पो लाइटर आधिकारिक रूपमा नेपालमा उपलब्ध «

जिप्पो लाइटर आधिकारिक रूपमा नेपालमा उपलब्ध

अमेरिकाको चर्चित ब्रान्ड जिप्पो नेपाली बजारमा प्रवेश गरेको छ । अमेरिका सहित विश्वभर लाइटरको लागि चर्चित जिप्पो ब्रान्डले नेपालका लागि आधिकारिक बितरकमा जिपाल कम्पनी प्रालिलाई चयन गरेको छ । जिपल कम्पनी प्रालिले नेपाली बजारमा आधिकारिक रूपमा अमेरिकाबाट जिप्पो ब्रान्डका उत्पादनहरू आयात तथा बिक्री बितरण गर्नेछ । जिपल कम्पनी प्रालिले पुुुुस १३ गते पत्रकार सम्मेलनमार्फत नेपालमा प्रवेश गरेको घोषणा गरेको छ । सो घोषणा कार्यक्रममा नेपालका लागि जिप्पोका बजार प्रतिनिधि, नेपाली कम्पनी जिपाल कम्पनी प्रालिका अधिकारीहरूको उपस्थिति थियो ।
सो कार्यक्रममा जिपाल कम्पनी प्रालिका म्यानेजिङ डाइरेक्टर मनीष मिश्रा तथा धनबहादुर तामाङले नेपाली बजारमा पहिलो पटक आधिकारिक रूपमा जिप्पो ब्रान्डका लाइटरहरू उपलब्ध गराएको जानकारी दिए । विश्वको चर्चित र लोकप्रिय ब्रान्ड जिप्पो अब नेपालमा आधिकारिक रूपमा प्रवेश गरेको छ । अब जिप्पोका १ सयभन्दा बढी भेराइटिहरू सुपथ मूल्यमा नै किन्न सकिनेछ । साथसाथै हामीले यसका लागि सर्भिस सेन्टरपनि छिट्टै सञ्चालन गर्दैछौं, कम्पनीका म्यानेजिङ डाइरेक्टर मनिष मिश्रा तथा धनबहादुर तामाङले भने ।
नेपाली बजारमा कम्पनीले न्यूनतम २ हजार ५ सय ६० रुपैयाँदेखि अधिकतम २४ हजार रुपैयाँसम्मका जिप्पो लाइटरहरू बिक्री गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्