प्रोटोन एक्स ७० भर्चुअल सार्वजनिक हुने «

प्रोटोन एक्स ७० भर्चुअल सार्वजनिक हुने

जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा निकै नै उत्साहका साथ लिइएको बहु–प्रतिक्षित मोडल प्रोटोन एक्स ७० यहि असार १६ भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ ।
पहिला नै लञ्च गर्ने तय भइसकेको यो गाडी कोरोना महामारीका कारण रोकिएको थियो । त्यसैले विस्तारै परिस्थिति सहज भएसँगै यस बहु–प्रतिक्षित गाडीलाई नेपालमा पुनः लञ्च गर्न लागिएको कम्पनीले जनाएको छ ।
प्रोटोनकार्स नेपालको आधिकारिक फेसबुक पेजमार्फत सो लन्च कार्यक्रमको अपरान्ह ४ बजेपछि प्रत्यक्ष प्रसारण गरिने छ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोनकार्स नेपालको फेसबुक पेजमा क्लिक गर्नुपर्ने कम्पनीले जनाएको छ । भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाए मात्र पनि जगदम्बा मोटर्सले सहभागीलाई विभिन्न आकर्षक उपहारकोसमेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्