बदलिदै चिनियाँ अर्थतन्त्र

व्यापार प्रणालीमा हुँदै गएको परिवर्तनले चिनियाँ अर्थतन्त्र परिवर्तन हुँदै गएको देखिएको छ । चीनमा गत वर्ष व्यापार वृद्धिमा दृढता देखियो । यसमा घरेलु र विश्वव्यापी विस्तारले सहयोग गर्यो । यस क्रममा चिनियाँ अर्थतन्त्र वृद्धिका केही उदीयमान वाहकहरूमा परिवर्तन हुने प्रवृत्ति देखा पर्यो ।
चीनको विदेश व्यापार १४.२ प्रतिशतले बढेर २७.८ ट्रिलियन युआनमा पुग्यो । यो अमेरिकी डलरमा ४.३ ट्रिलियनबराबरको छ । यो लगातार दुई वर्षको ह्रासपछिको वृद्धि हो ।
निर्यात १०.८ प्रतिशतले बढेर १५.३ ट्रिलियन युआनमा पुग्यो । त्यसैगरी आयात १८.७ प्रतिशतले १२.५ ट्रिलियन युआनबराबर रहेको चिनियाँ भन्सार विभाग जेनरल एडमिनिस्ट्रेसन अफ कस्टम (जीएसी) ले जनाएको छ । जीएसीका प्रवक्ता हुआङ सोङपिङले वृद्धिका कारणहरूमा विश्वव्यापी आर्थिक सुधार, ठोस घरेलु आर्थिक विस्तार, वस्तु मूल्यमा वृद्धि, द बेल्ट एन्ड रोडसँगैका उदीयमान बजारहरू रहेको औंल्याए ।
नजिकबाट नियालेमा आँकडाहरूले अझ बढी सन्तुलित अर्थतन्त्रका रूपमा चिनियाँ अर्थतन्त्रले आकार ग्रहण गरिरहेको उनले जनाए ।
प्रशोधित व्यापारभन्दा उच्च अभिवृद्धि मूल्य भएको सामान्य व्यापार आयातन र अनुपात दुवैमा सन् २०१७ मा वृद्धि भयो । यो १५.७ ट्रिलियन युआनका रूपमा विस्तार भएको हो । यसको प्रतिशत कुल विदेश व्यापारमा ५६.४ प्रतिशत रहेको छ । सन् २०१६ को तुलनामा यो १.३ प्रतिशतले बढेको छ ।
द बेल्ट एन्ड रोड परियोजनाले चिनियाँ बजारहरूलाई विस्तार गरेको छ । ल्याटिन अमेरिका र अफ्रिकी देशहरूसँगको व्यापार २२ प्रतिशतले बढेको छ । यो गत वर्षको तुलनामा १७.३ प्रतिशतले वृद्धि भएर गएको देखिएको छ ।
निजी प्रतिष्ठानहरूको कुल व्यापार हिस्सा ०.४ प्रतिशतले बढेको छ । व्यापार वृद्धिमा निजी क्षेत्रको योगदान सर्वाधिक ठूलो रहेको जनाइएको छ ।
व्यापार वृद्धि क्षेत्रगत रूपमा बढी सन्तुलित छ । केन्द्रीय तथा पश्चिमी चीनका कम विकसित क्षेत्रहरूमा राष्ट्रिय औसतलाई पछ्याएको पाइएको छ ।
विद्युतीय यान्त्रिक उत्पादन निर्यातमा एक स्तम्भ अझ रहेको छ । यसमा केही उच्च मूल्य अभिवृद्धि उत्पादनहरूले राम्रो प्रदर्शन गरिरहेका छन् । अटोमोबाइल, कम्प्युटर र चिकित्सासम्बन्धी उपकरणको हिस्सा क्रमशः २७.२, १६.६ र १०.३ प्रतिशत रहेको छ ।