लुम्बिनी विकास बैंकद्वारा सम्मान «

लुम्बिनी विकास बैंकद्वारा सम्मान

लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले २५औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमानी कायम गरेको भन्दै बैंकले बधाइसहित सम्मान गरेको हो ।
उक्त कार्यक्रममा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले कीर्तिमानी पर्वतारोही शेर्पालाई बैंकको केन्द्रिय कार्यालय डिल्लीबजारमा सम्मान गरेका हुन् । शेर्पा बिगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनेर आबद्घ छन् ।
बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट करिब २ लाख ७० हजार ग्राहकलाई उच्चस्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
हाल बैंकले आफ्ना ग्राहकलाई निःशुल्क डेबिट÷एटीएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका जुनसुकै भिसा नेटवर्क भएका एटीएमबाट रकम झिक्दा अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्