बेनली ३०२ एस को बुकिङ खुला «

बेनली ३०२ एस को बुकिङ खुला

सन् १९११ मा स्थापित इटालियन दुई पाङग्रे सवारीसाधन बेनेली विश्वकै बलियो र स्पोर्टस् मोटरसाइकल उत्पादन गर्ने एउटा लोकप्रिय ब्राण्ड हो । बेनेलीको उत्कृष्ट प्रविधिले चालकहरुलार्ई सम्पूर्ण सुविधा, सुरक्षा र सवारीको आनन्द प्रदान गर्ने कम्पनीको दावी छ । वेनेलीका चालकले सर्वोत्कृष्ट उत्पादनका साथै सन्तुष्टिको भावनात्मक नाता पनि स्थापित गर्न पुग्ने पनि कम्पनीले जनाएको छ ।


बेनेलीको ३०२ एस विशेष गरी युवा पुस्ताका लागिनै डिजाइन गरिएको मोडल हो । दुई वटा सिलिण्डर, आधुनिक स्पोर्ट डिजाइन तथा एलईडी हेडलाइटले गर्दा यसलाई अरुभन्दा फरक बनाएको छ । विद्युतीय इन्जेक्सन, चारवटा भल्भ र सस्पेन्समा अगाडी हाईड्रोलिक फोर्कमा ४१ एमएमको डाईमिटरको सहायताले मोडहरुमा पछाडीको अब्जभरले आफै व्यवस्थित गर्ने कम्पनीले जनाएको छ ।


यसको अगाडीको ब्रेकमा २६० एमएम व्यासको डबल डिस्क प्रयोग गरिएको छ, र पछाडीको पाङग्रामा २४० एमएमको डबल डिस्क छ । यसको पेट्रोल ट्याङ्कीको क्षमता १६ लिटर रहेको छ भने यसको डिसप्लेसमेन्ट क्षमता ३०० सिसिको हुनुका साथै नियोन, सेतो, कालो रंगहरुमा नेपाली बजारमा उपलब्ध रहेको बताइएको छ । सेतो र कालो रङको बेनेली ३०२ एसको मूल्य नौ लाख ३५ हजार र नियोन मोडेलको नौ लाख ६० हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।


यी ब्राण्ड नेपालका सम्पूर्ण सोरुमहरुमा यही असार महिनाभित्र बुकिङ गर्ने ग्राहकहरुले एजिभी हेल्मेट वा १० हजार मूल्यको परफरमेन्स किटमध्ये कुनै एक रोज्न सक्ने सुविधा कम्पनीले दिएको छ ।
यसैबीच बेनेलीले २५ लाख १५ हजार मूल्य तोकिएको ७५२ एस पनि बजारमा ल्याएको छ । १९७० पछि उत्पादित मोटरसाईकलहरुमा ७५० सिसिको बाइकलाई विस्थापित गर्ने यो पहिलो बाइक भएको दावीका साथ कम्पनीले सीमित स्टकका कारण असार मसान्तसम्म बुक गर्ने ग्राहकहरुलाई एजीभी हेलमेट र राइडर ज्याकेट निशुल्क प्रदान गर्ने निर्णय गरेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्