सिपिङ सर्भिस तथा लजिस्टिक काउन्सिल संस्था स्थापित «

सिपिङ सर्भिस तथा लजिस्टिक काउन्सिल संस्था स्थापित

 वाणिज्यको सहयोगी पारवहन सेवालाई लिइने गरिन्छ । पारवहन सेवाको सरलीकरणले अन्तर्राष्ट्रिय वाणिज्यमा समेत राज्यले सहजै लक्ष्य पाउन सक्छ । पारवहन व्यवसायमा संलग्न निजी क्षेत्रका व्यवसायीहरूलाई यस क्षेत्रमा आइपर्ने कानुनी र व्यावसायिक झनझनबाट छुटकारा पाउन व्यावहारिक शिक्षा उपलब्ध गराउने उद्देश्यले यो संस्था स्थापना गरिएको एक प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।
उक्त संस्थाका अध्यक्ष कुमार थापाका अनुसार पारवहन व्यवसायमा हजारौं साना–मझौला व्यवसायी आवद्य छन् । राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय भन्सार कानुन र पारवहन व्यवस्थाका बारेमा जानकारी नहुँदा पैसा र समय बर्बाद भइरहेको छ । त्यस कारण यस क्षेत्रका व्यवसायीको क्षमता अभिवृद्धि गराउन पारवहनसम्बन्धी निःशुल्क सुझाव सल्लाह दिने व्यवस्था मिलाएको छ । भने काउन्सिलले व्यवसायीहरूको सुझाव समेटी भन्सार ऐन संशोधनमा नेपाल सरकारसँग सहकार्य गर्ने भन्दै यस प्रयासले भन्सार जाँच पासलाई चुस्त पार्न सहयोग पुग्ने उनले बिचार व्यक्त गरेका छन् ।
भन्सार र लजेस्टिक सरलीकरणसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने सभा–सम्मेलनमा काउन्सीलले सहभागिता जनाउनेछ । यसले नेपालको सार्क राष्ट्र तथा तेस्रो मुलुकसँगको आयातीत सामान पारवहनलाई थप सहज बनाउँदै लैजानेछ । भने भुन्सार चुहावट तथा न्यून विजकका समस्या हल भई राजस्व सकंलनमा राज्यलाई सहज हुनेछ । त्यस्तै व्यवसायीबीच जरा गाड्दै गएको अस्वस्थ प्रतिशपर्था घटाउन सकिन्छ भने यस प्रयासबाट आयात–निर्यातको पारवहन लागत घटन गई बजार मूल्य चाप सन्तुलन राख्न समेत सहयोग पुग्नेछ । फ्रेट व्यवसायी कुमार थापा पारवहन क्षेत्रका विज्ञको नामले चिनिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्