उद्योगपति किसनलाल दुगडको आत्मकथा द रेनाशा म्यान «

उद्योगपति किसनलाल दुगडको आत्मकथा द रेनाशा म्यान

औद्योगिक घराना केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उहाको सचित्र आत्मकथा समेटिएको द रेनाशा म्यान नामक पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक विमोचन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । उक्त पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तिका रूपमा चित्रण गरिएको छ ।
१३ वर्षको उमेरबाट नै पढाइको साथ साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रूपमा लागिरहेका किसनलाल दुगडको जन्म वि.सं. २००० सालमा भएको थियो । कृषि प्रधान देश नेपालको विकासमा कृषिसम्बन्धी उद्योगहरू खोली विस्तार गर्यो भने देश विकासमा सहयोग पु¥याउन सकिन्छ भन्ने सोचाइका साथ उनले कृषि क्षेत्रसँग सम्बन्धित खाद्यान्नका धेरै उद्योगहरू जस्तै आँटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योगहरू पनि स्थापना गर्दै आइरहेका छन् । आज केएल दुगड समूह नेपालकै अग्रणी औद्योगिक व्यावसायिक घरानामा पर्छ ।
नेपालमै कच्चापदार्थ पाइने उद्योगहरूको स्थापना गर्यो भने देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने केएल दुगड समूह पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरूमा लगानी गरेको छ । अन्तर्राष्ट्रिय आयातको प्रतिस्थापन गरी स्वदेशी उद्योगहरूको विकासमा केएल दुगड समूह लागी परिरहेको छ । उक्त समूहले हजारौंको संख्यामा रोजगारी प्रदान गर्दै आएको छ । यो सबै हुनुमा उक्त समूहको अध्यक्ष किसनलाल दुगडको निरन्तर लगाव, र सकारात्मक सोचका साथ निरन्तर अगाडि बढ्ने बानीको कारण सम्भव भएको हो भन्ने बुझाइ आम जनमानसको पनि छ ।

प्रतिक्रिया दिनुहोस्