पर्खाललाई बजेट पारित नगरे पुरै सीमा बन्द गर्ने ट्रम्पको धम्की «

पर्खाललाई बजेट पारित नगरे पुरै सीमा बन्द गर्ने ट्रम्पको धम्की

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्खाल लगाउनका लागि कोष पारित नगरे दक्षिणी हिस्साको पुरै मेक्सिकाको सीमा बन्द गर्ने धम्की दिएका छन् । ट्रम्पले ट्वीट गर्दै भनेका छन्,“यदी पर्खालको कामका लागि डेमोक्र्याट सांसदले रकममाथि रोक लगाएमा अमेरिकाको आप्रवासन कानुन बदल्न पनि पछि हटिने छैन ।”
अमेरिकाले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) बाट फिर्ता भएर मेक्सिकोलाई ७५ अर्ब डलरको नोक्सानी गरिसकेका छन् । यसमा ‘ड्रग मनी’ लाई समावेश गरिएको छैन । यसै कारण दक्षिणी हिस्सामा रहेको सीमामा पर्खाल बनाउन आपूmलाई धेरै फाइदाजनक लागेको ट्रम्पले बताएका छन् ।
रिपब्लिकन नेताले हालै मात्र सरकारको आंशिक सटडाउन गरेर संसदको चेतावनी समेत दिइसकेका छन् । उनले सीमामा बनिरहेको पर्खालका लागि आवश्यक रकममा रोक नलगाउनका लागि चेतावनी दिएका हुन् ।
उता डेमाक्र्याटले आयोजनाका लागि ५ अर्ब डलर दिने विषयलाई अस्वीकार गरेका छन् । विपक्षीले राष्ट्रपति ट्रम्पको कडा आप्रवासन नीति देशका लागि सही नभएको बताएका छन् ।
ट्रम्पले नोभेम्बरमा यदी अमेरिका नियन्त्रण गर्न असफल भयो भने मेक्सिकनले नोक्सान पु¥याउन सुरु गर्ने र पुरै मेक्सिकाको सीमा बन्द गर्ने धम्की दिएका थिए ।
यसको केही दिनपछि अमेरिकी अधिकारीहरुले हजारौ आप्रवासीको अमेरिका प्रवेश गरेपछि अचानक दक्षिण क्यालिफोर्नियासँग जोडिएको सीमा बन्द गरेका थिए । आप्रवासी मेक्सिकोको तिजुआनमा बनाइएको बार भत्काएर अमेरिका प्रवेश गरेका थिए ।
मेक्सिकोको सीमामा पर्खाल बनाउने विषयमा अमेरिकी संसदले कोष स्वीकृत नगरेपछि २२ डिसेम्बरमा अमेरिकी सरकार आंशिक रुपमा हड्तालमा उत्रिएको थियो । यसका कारण करिब एक चौथाइ अमेरिकी फेडरल एजेन्सीको कोष रोकिएको थियो । गृह विभाग, परिवहन, कृषि, विदेश तथा न्याय विभाग सटडाउनमा चलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्