प्रदेश–२ सरकारले आफैं विश्वविद्यालय स्थापना गर्ने «

प्रदेश–२ सरकारले आफैं विश्वविद्यालय स्थापना गर्ने

वीरगन्ज – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश नम्बर २ सरकारले आफैं विश्वविद्यालय स्थापना गर्ने बताएका छन् । वीरगन्ज पब्लिक कलेजले आयोजना गरेको दिक्षान्त समारोहको उद्घाटन गर्दै प्रदेश नम्बर २ मा प्राविधिक विश्वविद्यालय स्थापना गरी प्राविधिक शिक्षाको हवको रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको बताए ।
उनले प्रदेश नम्बर २ मानव विकास सूचकांकमा पछि रहेको बताउँदै यसको लागि प्रदेशमा शिक्षामा जोड दिनुपर्ने बताए उनले भने, “जबसम्म समाजलाई रुपान्तरण गर्न सक्दैनौं, समाजको सोचलाई परिवर्तन गर्न सक्दैनौं, तबसम्म प्रदेशको विकास हुन सक्दैन ।”
कलेजका कार्यकारी निर्देशक प्राडा दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयबाट बीबीए गरेका २९ जना, एमबीए गरेका १४ जना र त्रिभुवन विश्वविद्यालयबाट एमबीएस गरेका ७ जना गरी ५० जना विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रममा वीरगन्ज महानगरपलिकाका मेयर विजयकुमार सरावगी, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैध, नेकपाका युवा नेता रहबर अन्सारीलगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्