पाँच पटक म्याट्रिक फेल बने पाइलट «

पाँच पटक म्याट्रिक फेल बने पाइलट

न्यायधीशले भने, ‘ड्राइभर हुन पनि योग्य छैन

लाहोर-पाकिस्तानमा नक्कली प्रमाणपत्र लिएर पाइलट बनेको घटना सार्वजनिक भएको छ । सरकारी वायु सेवा पाकिस्तान इन्टरनेशनल एयरलायन्स (पीआईएस) मा पाँच पटक म्याट्रिक फेल भएका व्यक्ति पाइलट भएका छन् । नागरिक उड्डयन प्राधिकरण (सीएए)ले पाकिस्तानको सर्वोच्च अदालतमा यो जानकारी दिएको हो ।
सुनुवाइको समयमा न्यायधिश एजाजुल अहसानले म्याट्रिका सम्मको शिक्षा प्राप्त गर्ने व्यक्तिले बस समेत चलाउन सक्दैन । तर यी व्यक्तिले हवाइ जहाज उडाएर यात्रुको जीवन जोखिममा पारेको न्यायधीशले बताएका छन् ।
सर्वोच्च अदालतका प्रमुख न्यायधीशले नेतृत्व गरेको सुनुवाइमा सरकारी हवाई सेवामा कार्यरत पाइलट तथा अन्य कर्मचारिको डिग्रीको प्रमाणिकतासँग सम्बन्धित एक मामिलाको सुनुवाई गर्दाको समयमा यो घटना फेला परेको हो ।
७ पाइलटले नक्कली प्रमाणपत्रको आधारमा पीआइएमा जागिर पाएको प्राधिकरणले न्यायाललाई बताएका छन् ।
शैक्षिक बोर्ड तथा युनिभर्सिटीले डिग्रीको प्रमाणिकताको प्रक्रियामा सहयोग नगर्ने गरेको प्राधिकरणले न्यायालयलाई बताएको छ । यो अवधिमा अधिकारीहरुले कठिनाईको सामना गर्नु परेको बताएका छन् ।
पीआईए पनि पाइलट, क्याबिन क्रु तथा अन्य कर्मचाीको अभिलेख उपलव्ध गराउन ढिलाई गर्दै आएको छ । ५० भन्दा बढी अधिकारीलाई शिक्षासँग सम्बन्धित दस्तावेज उपलव्ध नगराएकोमा कारबाही समेत गरिएको पीआईएका अधिकृतले अदालतलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्