डिएफएसकेको मनसुन अफर «

डिएफएसकेको मनसुन अफर

डिएफएसकेको नेपालका लागि आधिकारीक बिक्रेता कुजु नेपाल प्रालिले मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको मनसुन अफरमा गाडी किन्ने ग्राहकले सुरुमा १० लाख रुपैयाँ डाउनपेमेन्ट गरेर गाडी किन्न सक्नेछन् ।
कम्पनीले बिक्री गर्दै आएको ग्लोरी ५६० र ग्लोरी आईअटोमा स्कीम सञ्चालन गरेको हो । ग्लोरी ५६० किन्ने ग्राहकले १० लाख डाउनपेमेन्ट गरेर गाडी खरिद गर्न सक्ने छने भने आईअटो किन्न चाहनेले १५ लाख रुपैयाँ डाउन पेमेन्ट गर्न सक्ने सुविधा रहेको कम्पनीले जानकरी दिएको छ ।
कुजु नेपाल प्रालिले ग्लोरी ५६० मा ३ लाख नगद छुट, ५० हजार एक्सचेन्ज बोनस, एक वर्षको वार्षिक करमा छुट दिने घोषणा गरेको छ । डिएफएसकेआई अटोमा भने ग्राहकले ३ लाख ५० हजार नगद छुट पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्