इटालीद्वारा स्वास्थ्य सामग्री सहयोग «

इटालीद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाललाई कोरोना महामारीविरुद्ध लड्न युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ ।
इटाली नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्र मध्येको एक राष्ट्र हो । अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन् ।
लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको छ । “यस चुनौतीपूर्ण समयमा इटाली कोरोना भाइरसविरुद्धको लडाइमा अग्रपंक्तिमा रहेको छ । यसलाई गत २१ मेमा रोममा युरोपियन कमिशनसँगको सह–आयोजनामा आयोजित विश्वव्यापी स्वास्थ्य सम्मेलनले पनि पुष्टि गरेको छ ।
युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रको ढाँचामार्फत नेपालका लागि प्रदान गरिएको यस राहत उडान नेपाली मित्रहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको द्योतक हो । पुनः एक पटक इटालीको ब्रिन्डिसीमा अवस्थित संयुक्त राष्ट्रसंघको मानवीय प्रतिकार्य डिपो (यूएनएचआरडी) विश्वको कुनै पनि ठाउँमा हवाई उडानमार्फतमानवीय सहायता पठाउनका लागि महत्वपूर्णसावित भएको छ ।” नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डी लुकाले भनिन् ।
इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६,००० आइसोलेशन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स् समावेश छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुलश्री प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्