नेको इन्स्योरेन्सद्वारा १५.५ प्रतिशत बोनस सेयर प्रस्ताव «

नेको इन्स्योरेन्सद्वारा १५.५ प्रतिशत बोनस सेयर प्रस्ताव

नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.५ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । कम्पनीले कर प्रयोजनका लागि थप ०.८२ प्रतिशत नगद लाभांश समेत दिने छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असार ३१ गते साधारण सभा बोलाएको छ ।
२० करोड ४२ लाख एक हजार ९३० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि एक करोड सात लाख ४७ हजार ४७० रुपैयाँ नगद लाभांश दिने कम्पनीको तयारी छ । भर्चुअल माध्यमबाटै हुने कम्पनीको २५औं वार्षिक साधारणसभामा असार १७ गतेसम्म कायम सेयरधनीले भाग लिन पाउनेछन् । अर्थात असार १७ गतेसम्म कायम सेयरधनीहरु गत आर्थिक वर्षको लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्