टिकटक बनाउँदा नगद उपहार जित्ने मौका
एनआईसी एशिया बैंकले टिकटक भिडिओ बनाउने व्यक्तिलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।
२०७८ असार ६ देखि साउन ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ प्रवद्र्धनका लागि तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ ।
यस प्रतियोगितामा सहभागी भई प्रति भिडिओ १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सकिने र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा रू. १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्ने जनाएको छ ।