‘सन्तानको माया’ अनलाइन फोटो प्रतियोगिताका सम्पन्न «

‘सन्तानको माया’ अनलाइन फोटो प्रतियोगिताका सम्पन्न

काठमाडौं महानगरपालिका–२० स्थित हलेसी महाद्यः रञ्जित चुकःमा ‘सन्तानको माया’ अनलाइन फोटो प्रतियोगिताका विजयी सहभागीहरूलाई एक समारोहबीच पुरस्कार बितरण कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

मह जोडीकोे प्रमुख आतिथ्यतामा आयोजित उक्त पुरस्कार वितरण कार्यक्रममा महको म यानकि मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा प्रतिकूल असर परेको हुनाले महको ह यानकि हरिवंश आचार्यद्वारा उक्त कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए । सो समारोहमा स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक केदारमान रञ्जित र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि हरिवंश आचार्यले दोसल्ला ओढाई अभिनन्दनपत्र प्रदान गरी अभिनन्दन गरेका हुन् ।

सो कार्यक्रममा स्वास्थ्य सेवा बिभाग, नेपाल रेडक्रस सोसाइटीका निर्देशक,डा. मनिता राजकर्णिकार बिशेष अतिथि र महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी उपरीक्षक डिलबहादुर मल्ल अतिथि रहनु भएको उक्त पुरस्कार बितरण कार्यक्रमा प्रथम हुनुहुने प्रतियोगी आमा रूपा पोखरेल छोरी कृष्टी पौडेललाई फूलको माला पहराई ट्रफी, मेडल र नगदसहित प्रदान गरी बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो । त्यसैगरि द्वितीय र तृतीय हुनेहरू क्रमशः नीरू महर्जन छोरी अञ्जु डंगोल र सपना शिलाकार छोरा सौगात शिलाकार छन् ।

कार्यक्रम सफल पार्न भूमिका खेल्नु हुने सहयोगी दाताहरू क्रमशः दशबहादुर महर्जन, बिजयकुमार महर्जन, थसि ललितपुर, अजय सिंह सुवाल, रविभवन, जयहरि श्रेष्ठ, काठमाडौं, जीबस महतो, महोम्मद रेहसुल, शिव गौतम र विनय मानन्धरलाई मायाको चिनो प्रदान गरिएको थियो ।त्यसैगरी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू तीन जनालाई नगद र प्रमाण–पत्र बितरण गरिएको थियोे ।

‘सन्तानको माया’ अनलाइन फोटो प्रतियोगिताको श्रृजनाकार कृतिशा रञ्जितलाई पनि धन्यवाद तथा शुभकमनापत्र प्रदान गरिएको सो पुरस्कार वितरण कार्यक्रमको सञ्चालन राजेश मानन्धरले गरे थियो भने कार्यक्रमका सभापति राम रञ्जितले अभिनन्दितहरूका साथै प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिलाई मायाको चिनो स्वरूप चिभाःद्यः(बौद्ध–चैत्य) प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्