निर्मलाको न्यायका लागि बालुवाटारमा प्रदर्शन «

निर्मलाको न्यायका लागि बालुवाटारमा प्रदर्शन

५ महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरिएको छ । विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ ब्यानरमा शनिबार प्रधानमन्त्रीको निवास अगाडि बालुवाटार चोकमा प्रदर्शन गरिएको हो ।
न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं भन्ने नारासहित उपस्थित प्रदर्शनकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासनसहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरेका थिए । उनीहरुले आपराधिक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिम दिन पनि माग गरे ।

प्रतिक्रिया दिनुहोस्