अनलाइन कक्षाको अनुभव सेयर गर्दा विजयीलाई उपहार «

अनलाइन कक्षाको अनुभव सेयर गर्दा विजयीलाई उपहार

अनलाइन सिकाई प्ल्याटफर्म वेदा सिस्टमले हातहातमा शिक्षा अभियान ल्याएको छ । सिकाइमा सहभागी विद्यार्थीलाई उत्प्रेरणा दिने उद्देश्यले उक्त अभियान आएको कम्पनीले जानकारी दिएको छ ।


६ सय ५० विद्यालयलाई प्रविधिमार्फत् सिकाइको माध्यम उपलब्ध गराउँदै आएको वेदाले ल्याएको अभियान सामाजिक सञ्जाल फेसबुकमा एक महिनासम्म चल्नेछ । यसका लागि वेदले खल्ती मोबाइल वालेटसँग सहकार्य गरेको छ । यो योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडिओ बनाउनुपर्ने छ । जसलाई उनीहरुले आफ्नो फेसबुकमा सेयर गर्नुपर्नेछ । भिडिओमार्फत आफ्नो अनुभव सेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कार दिइने वेदले जानकारी दिएको छ । यसमा सहभागी हुनका लागि शिक्षक तथा विद्यार्थीले आफ्नो अनलाइन कक्षाको अनुभवसहितको भिडियो फेसबुकमा सबैले देख्न सकिनेगरी सेयर गर्नुपर्नेछ । यस्तो भिडिओ ३० सेकेन्ड लामो हुनुपर्ने छ ।


वेद गुरु (उत्कृष्ट शिक्षक)का रुपमा ४ जना शिक्षकले ५० हजार बराबरको ल्यापटपसँगै खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स पाउने छन् । फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)का रुपमा चार जनालाई ५० हजार रुपैयाँ बराबरको ल्यापटप र खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स पाउने छन् । त्यस्तै वेद सिस्टम प्रयोग नगर्नेलाई मध्येबाट एकजना शिक्षकले ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षको लागि निःशुल्क र खल्ती वालेटमा १० हजार रुपैयाँ ब्यालेन्स पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्