निजी क्षेत्रको पहलमा अक्सिजन प्लान्ट हस्तान्तरण

राष्ट्रिय व्यवसायिक पहलको सहयोग र सहकार्यमा नेपालका निजी क्षेत्रहरुको प्रयासबाट विभिन्न ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ ।
कारोना महामारी जारी रहेको बेलामा अस्पतालमा अक्सिजनको अभाव हुन नदिन तथा संक्रमितको उपचारमा सहज होस् भने निजी क्षेत्रमा अग्रणी संस्थाहरुको पहलमा देशभरका विभिन्न अस्पताललाई अक्सिजन प्लान्ट हस्त्तान्तरण गरिएको हो ।
कोरोनाको जारी संकट समाधान तथा न्यूनिकरणका लागि केही टेवा पु¥याउने उद्देश्यले राष्ट्रिय व्यवासायीक पहलले करिब ७ करोड ६८ लाख मूल्य बराबरका ६ वटा अक्सिजन प्लान्ट स्थापना गर्न विभिन्न संघ संस्थामार्फत सहजिकरण तथा सहयोग गरेको जनाएको छ । निजी क्षेत्रको पहलमा नेपालमा अक्सिजन प्लान्ट ल्याइएको यो पहिलो पटक हो । यी प्लान्टबाट उत्पादन भएको अक्सिजनले २ सय वेड क्षमता भएका अस्पतालको माग धान्ने बताइएको छ ।
कुनै अस्पतालमा स्थापना भएका प्लान्टमा सहकार्यम आवद्ध संस्थाहरुले शतप्रतिशत सहयोग गरेका छन् भने कुनै प्लान्ट स्थापनामा २५ प्रतिशत आर्थिक सहयोग गरेको राष्ट्रिय व्यवासायीक पहलले जनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघको शतप्रतिशत सहयोगमा हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ भने आईएमइ फाउण्डेसनको शतप्रतिशत सहयोगमा शुक्रराज संक्रमण तथा सरुवा रोग अस्पताल टेकु र कीर्तिपुर अस्पताल, जनमैत्री अस्पताल बालाजुलाई एक एक थान प्लान्ट उपलब्ध गराइने भएको छ । ती प्लान्टहरु स्थापना तथा प्राविधिक सहयोगका लागि टर्कीबाट विशेषज्ञहरु समेत नेपाल आएको बताइएको छ ।