Logo

नयाँ म्याग्नाइट नेपाली बजारमा

निशान इण्डियाले आफ्नो नयाँ उत्पादन निशान म्याग्नाइट नेपाल, इण्डोनेशिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ । यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा प्रारम्भ गरिएको थियो ।

सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटा निशान म्याग्नाइट पूर्णरुपमा तयार गरिसकेको थियो । आधुनिक प्रविधि र आकर्षणयुक्त यो सवारी साधनमध्ये १३ हजार ७ सय ९० वटा भारतीय बजारमा गएको मध्ये १ हजार २ सय २० वटा निर्यात गरिएको कम्पनीले जनाएको छ ।

‘मेक इन इण्डिया, मेक फर वल्र्ड’ अवधारणा सहितनिर्माण गरिएको यो नयाँ सवारी साधन भारतमा बिस्तार गर्नुका साथै निर्माण भएको ३० दिनमा नेपालमा ७ सय ६० भन्दा बढी बुकिङ भएकाले यसले निर्धारण गरेको मासिक बिक्री १ हजार ५ सय ८० पूरा हुने निर्माताले विश्वास व्यक्त गरेको छ ।

निशान मोटर इण्डिया प्रालिका अध्यक्ष सिनान ओजकोकले भने, “भारतीय उपभोक्ताहरुले यसको नमूना र नयाँ प्रविधिलाई अत्यन्त रुचाएका छन् र भविष्यमा यसले आफ्नो बजार आक्रामक रुपमा अगाडि बढाउने छ ।” उनले ‘मेक इन इण्डिया, मेक फर वल्र्ड’ अवधारणाले विश्व बजारमा पनि उपभोक्ताले रुचाउने र राम्रो बजार पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्