सन नेपाल लाइफ र एनआईसी एसियाबीच सम्झौता «

सन नेपाल लाइफ र एनआईसी एसियाबीच सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनआईसी एसिया बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । यस सम्झौताअन्तर्गत एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहकहरूले बिमाशुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रूपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्तगर्न सक्ने र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बिमालेखहरू एनआईसी एसिया बैंकका सम्पूर्ण शाखाहरू मार्फत उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्