विराटनगरको बजेट ४ अर्ब १० करोड ३ लाख ३८ हजार «

विराटनगरको बजेट ४ अर्ब १० करोड ३ लाख ३८ हजार


विराटनगर महानगरपालिकाले कोरोना महामारीकै बीच आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रूपैयाँको राजस्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ ।


विराटनगर महानगरपालिकाको आठौं नगरसभामा बिहीबार उपमेयर इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिन् । सानो आकारको बजेट प्रस्तुत हुने भनिए पनि महानगरले अघिल्लो वर्षकै हाराहारीको बजेट ल्याएको छ ।


आगामी वर्ष कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पुँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्थातर्फ ५ करोड रूपैयाँ खर्च हुने महानगरले अनुमान गरेको छ । कार्यालय सञ्चालनतर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगततर्फ ८९ प्रतिशत रहको प्रस्तुत बजेटमा उल्लेख छ । महानगरले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजस्व बाँडफाँडबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००, संघसंस्थाबाट १ करोड ४४ लाख, जनसहभागिताबाट १० करोड आम्दानी हुने अनुमान नगरसभामा प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमा पुँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।


महानगरले वडास्तरीय आयोजनाहरूमा २६ करोड ७८ लाख, महानगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ । यस्तै विराटराजाको दरबार क्षेत्रका लागि ५ करोड, सन्ध्याकालीन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, फ्लाइओभरका निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रूपैयाँ विनियोजन गरेको छ ।
विराटनगर विमानस्थलको स्तरोन्नतिका सम्बधमा भने महानगरको बजेट मौन देखिएको छ । संघीय, प्रदेश र स्थानीय तह मिलेर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने भनिएको थियो । तर आगामी आर्थिक वर्षको बजेटमा तीनै तहको सरकारले विमानस्थलको स्तरोन्नतिलाई बेवास्ता गरेका छन् ।
महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापनतर्फ ३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । नगरसभामा त्रिवर्षीय मध्यकालीन खर्च संरचनाअन्तर्गत आगामी तीन वर्षको खर्चको अनुमान पनि पेश गरेको छ । महानगरले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ३७ करोड र आर्थिक वर्ष २०८०÷०८१ मा ४ अर्ब ७३ करोडको आयव्ययको अनुमान गरेको छ ।
पछिल्लो चार वर्षको उपलब्धिहरूको समीक्षा गर्दै महानगरले पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ । दातृ निकायको ऋण सहयोगमा सञ्चालित दुई ठूला परियोजना सम्पन्न गरी ६२८ किलोमिटर नाला, ७९ किलोमिटर ढल प्रणाली, २ हजार २३३ वटा हाउस कनेक्सन, ५९ किलोमिटर फुटपाथसहितको पिच सडक, ४१ किलोमिटर सडक सुधारको काम सम्पन्न गरेको महानगरले जनाएको छ । पछिल्लो चार वर्षमा पूर्वाधार विकास महाशाखाबाट ११ किलोमिटर कालोपत्रे सडक, ७४ किलोमिटर ग्राभेल, ६४ किलोमिटर रिटेनिङ वाल, ५४ किलोमिटर सडक नाला निर्माण गरेको, २०९ वटा भवन र १ सयवटा कल्भर्ट बनाएको, चारवटा मसानघाट र ७ वटा सार्वजनिक शौचालय निर्माण गरेको, दुईवटा खेल मैदान सुधार गरेको महानगरले जनाएको छ ।
महानगरले आगामी वर्ष हामी सबैको रहर, शिक्षित, सफा सुन्दर, सुरक्षित र सक्षम विराटनगर भन्ने नारासहित नगर विकासको योजना कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि सुशासनमा सुधार ल्याउने, वातावरण संरक्षण र सुरक्षा प्रवद्र्धन, बालश्रममुक्त वडा घोषणा गर्ने, नगरस्तरीय खेलकुद विकास समिति गठन गर्ने र खेल प्रतियोगिताहरू सञ्चालन गर्ने, जनस्वास्थ्यलाई ध्यान दिँदै महिला तथा ज्येष्ठ नागरिक र बालबालिकाको स्थास्थ्यका क्षेत्रमा विशेष योगदान दिनेजस्ता कार्यक्रम अगाडि सारेको उल्लेख छ । महानगरले २० लाख रूपैयाँभन्दा बढीका योजनाहरू ठेक्कामार्फत सञ्चालन गर्ने, चालु तथा क्रमागत योजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने जस्ता योजनाहरू अगाडि सारेको छ । महानगरले नगरसभामा आर्थिक ऐन २०६८ पेश गरी राजस्व तथा कर दरहरूको पुनरावलोकन गरी संशोधनको प्रस्ताव पनि गरेको छ ।
महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष ४ अर्ब २३ करोड ३ लाख रूपैयाँको आय अनुमान गरेकोमा पछिल्लो १० महिनामा १ अर्ब ४४ करोड ९९ लाख रूपैयाँ मात्र यथार्थ आम्दानी गरेको छ । यस अवधिमा ३ अर्ब ६३ करोड पुँजीगत खर्च हुने अनुमान गरेको भए पनि ८८ करोड मात्र खर्च गर्न सकेको छ । महानगरले ९५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको भए पनि पछिल्लो १० महिनाको अवधिमा ३१ करोड ३८ लाख रूपैयाँ

प्रतिक्रिया दिनुहोस्