गरिमा विकास बैंक दाङ र कैलालीमा «

गरिमा विकास बैंक दाङ र कैलालीमा

गरिमा विकास बैंक लिमिटेडले बुधबार दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको धनगढी शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । घोराही शाखा कार्यालयको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखा कार्यालयको उद्घाटन धनगढी उप–महानगरपालिकाका मेयर निर्प ओडले गरेका हुन ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन् । विकास बैंकले छिट्टै नै पर्साको वीरगन्ज, चितवनको टाँडी र मिलनचोक, दाङको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङको बेंसीसहरमा समेत शाखा कार्यालय खोल्दैछ । ०७५ पुस १० गतेसम्म विकास बैंकले २५ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्