एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डको प्रिमियर सदस्यमा ओपो «

एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डको प्रिमियर सदस्यमा ओपो

ओपोले आधिकारिक रुपमा एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यकारुपमा आफ्नो संलग्नता जनाएको छ । यसमार्फत नवप्रबर्तन तथा एआई प्रविधिको अंगिकरणका लागि ओपो लगायत अन्य प्रिमियर सदस्यहरुले सशक्त ओपन सोर्स एआई र डाटा कम्यूनिटिजको प्रवर्द्धनका लागि उल्लेखनीय योगदान पु¥याउने छन् ।


सन् २०१८ मार्चमा लिनक्स फाउन्डेशनद्वारा स्थापित एलएफएआई एण्ड डाटा फाउन्डेशनमा विभिन्न उद्योग मध्यका ४९ सदस्य सम्मिलित छन् । यस फाउन्डेशनको उद्देश्य भन्नु नै संस्थाका सदस्यहरुबीच सहकार्यको सम्भानालाई बढावा दिँदै नयाँ अवसरहरु खोल्दै ओपन एआई र डाटा कम्यूनिटीको स्थापना तथा विकास गर्दै एआई, एमएल र डाटा क्षेत्रमा ओपन सोर्स इन्नोभेशनलाई बढावा दिनु रहेको छ ।


आफ्नो मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’ तिर अग्रसर हुँदै, इन्टरनेट अफ एक्स्पेरियन्सको यस यूगमा डेभलपर्स र पार्टनर्स दुवैका लागि फाइदाजनक ओपन इकोसिष्टमको निर्माण गर्नु ओपोको उद्देश्य हो । यसो गर्दा एलएफ एआई र डाटा फाउन्डेशन जस्ता समान सोच भएका पार्टनर्स एकअर्का प्रति सहकार्यका लागि आकर्षित हुन्छन्। लामो समयदेखि ओपोले एआई र डाटा प्रविधिमा लगानीलाई निरन्तरता दिइ रहेको छ ।


कन्भरसेशनल एआई, मेसिन लर्निंग, पर्सनलाइज्ड रिकम्मेन्डेशन अल्गोरिथम, क्लाउड र डाटा सेवा तथा सेक्योरिटी एण्ड प्राइभेसी लगायत प्रविधिको अन्वेषण तथा विकास मार्फत ओपोको एआई र डाटा इन्जिनियरिङ प्रणालीले विश्वभरका प्रयोगकर्ता तथा डेभलपर्सलाई उत्कृष्ट सेवा प्रदान गर्छ ।


एलएफ एआई र डाटा फाउन्डेशनमा सहभागिता जनाउँदै ओपोका अनुभवी प्रविधिक लियाम चेंग र डा. जिया जिमिनले क्रमशः गभर्निंग बोर्डका प्रतिनिधि र प्राविधिक एड्भाइजरी काउन्सिलका प्रतिनिधिका रुपमा एलएफ एआई र डाटाका सदस्यहरुसँग नजिक रही काम गर्दै उत्पादनका लागि ओपन सोर्स टूल्सको प्रयोगका लागि उत्कृष्ट तरिका छनोट गर्न सघाउने छन् ।

प्रतिक्रिया दिनुहोस्