एनएमबि लघुवित्तको क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली सुरू «

एनएमबि लघुवित्तको क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली सुरू

एनएमबि लघुवित्त वित्तीय संस्थाले एसबी सोलुसन्स्सँगको सहकार्यमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरू गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । एनएमबि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी सोलुसन्स्का अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


क्रेडिट–एक्सको थालनीसँगै, लघुवित्त संस्थाहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुने बताइएको छ । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउने कम्पनीको दावी छ ।


ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको बताइएको छ । स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको बताइएको छ ।
यस नयाँ प्रणाली कार्यान्वयन भएसँगै लघुवित्त संस्थाहरूका उपभोक्ताले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउण्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउने कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्