Logo

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री सहयोग

वीरगञ्ज उद्योग वाणिज्य संघले नारायणी अस्पताललाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि वीरगन्ज उवासंघका अध्यक्ष सुबोधकुमार गुप्ताले ९ लाख मूल्य बराबरको ३ थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र २ थान प्यासेन्ट मोनिटर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरे ।


अध्यक्ष गुप्ताले हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण रुपमा सञ्चालनमा आउने विस्वास व्यक्त गरे । उनले सहयोग स्वरुप हेल्भेटास नेपाल–इलम परियोजनाबाट प्राप्त स्वास्थ्य उपकरणप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यहरुको लागि सहयोगको अपेक्षा राखेको बताए ।


स्वास्थ्य सेवालाई अझ सुदृढ एवम् प्रभावकारी ढंगबाट प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य संघले सघन चिकित्सा इकाई निर्माण गर्नुका साथै उपकरणहरु हस्तान्तरण गरिएको हो । उक्त स्वास्थ्य उपकरणहरु वीउवासंघलाई हेल्भेटास नेपाल, इलम परियोजनाबाट सहयोग स्वरुप प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्