Logo

संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेकी छन् । बिहीबार राष्ट्रपति भण्डारीले आयोगहरूमा २० पदाधिकारी नियुक्त गरेकी हुन् ।


लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


लोक सेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । वैशाख २७ गते संवैधानिक परिषद्ले सिफारिस गरेका २० पदाधिकारीलाई नियुक्त गरिएको हो । उनीहरू संसदीय सुनुवाइ बिना नै नियुक्त भएका हुन् । सिफारिस भएको ४५ दिनसम्म पनि संसदीय सुनुवाई हुन नसके ४५ दिनपछि स्वतः नियुक्त गर्न सकिने कानुनी व्यवस्था छ । राष्ट्रपतिले जेठ ७ गते संसद् विघटन गरेकाले उनीहरूको संसदीय सुनुवाई हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्