Logo

मुगुमा कोरोना संक्रमणबाट अहिलेसम्म चारको मृत्यु

कोरोना भाइरसका कारण जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका—५ मा पुनः एक महिलाको मृत्यु हुँदा मुगुमा कारोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
मुगुम कार्मारोङ गाँउपालिका—५ की २० वर्र्षीया महिला एक साता अगाडि बिरामी भएर घरमै उपचार गरेर बसेकी थिइन् । बुधबार पुलु स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना भाइरस सक्रमण देखिएपछि उनको स्वास्थ्य अवस्थामा जटिल हुन थालेपछि उपचारका लागि जिल्ला प्रशासन कार्यालयले कर्णाली प्रदेश सरकारसँग समन्वय गरी काठमाडौं लैजान हेलिकप्टर पुग्दा–पुग्दै उक्त ती महिलाको मृत्यु भएको थियो ।
एक सात अगाडि ज्वरो, रुगाखोकी आएपछि उनका परिवारले उनको घरमै उपचार गरेका थिए । ज्वरो बढ्दै गएपछि उनका परिवारले बुधबार गाउँबाट डेट घण्टा टाडा रहेको पुलु स्वास्थ्यचौकीमा उनलाई उपचार गर्न ल्याई एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना भाइरस सक्रमण पोजेटिभ देखिएको थियो ।
उनको स्वास्थ्य अबस्था सुुधार हुन नसेकेपछि जिल्ला प्रशासन कार्यालयले कर्णाली प्रदेश सरकारसँग समन्वयगरी सिम्रिक एयरको हेलिकप्टर मगाएको थियो । उक्त हेलिकप्टर पुलुमा पुग्दापुग्दै ती महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिएको हुन् ।
कोरोना भाइरसको सक्रमणका कारण मुगुम कार्मारोङ गाँउपालिका दुई छायाँनाथ रारा नगरपालिकामा दुई गरी हालसम्म चार जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको सक्रमण बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय मुगुमा बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकोे बिहीबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी थप ५ दिनका लागि निषेधाज्ञसमेत लागू गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्