गृह मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई, स्वास्थ्यमा कृष्णगोपाल «

गृह मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई, स्वास्थ्यमा कृष्णगोपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार मन्त्रीहरुको जिम्मेवारी थप र हेरफेर भएको हो ।
ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर अरु मन्त्रालय मन्त्रीहरुलाई थपिदिएका छन् । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्री वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्