महिलाको पेशा संकटमा पार्दै एआर्ई «

महिलाको पेशा संकटमा पार्दै एआर्ई

प्रतिवेदनले उल्लेख गरेअनुसार केही उद्योग र प्रतिष्ठानहरूले उदीयमान प्रविधिको क्षेत्रमा सहभागी हुन बढीभन्दा बढी महिलालाई प्रोत्साहन गरिरहेका छन् ।

यसका लागि महत्वपूर्ण विषय भनेको शिक्षा एवं स्वास्थ्य हेरचाहको क्षेत्र र गैरमुनाफाको क्षेत्रमा महिलाको सक्रियता बढी देखिन्छ । प्रतिभाका आधारमा एआर्ईको क्षेत्रमा महिलाको संख्या पुरूषको भन्दा कम देखिएको छ । यस क्षेत्रमा महिलाको सहभागिता बढाउनका लागि आह्वान गरिएको छ ।

कृत्रिम बौद्धिकता (एआर्ई)को उदयलाई चौतर्फी सकारात्मक तथा नकारात्मक चर्चाको विषय बनाइएको छ । आधुनिक विकासको माध्यमका रुपमा समेत हेरिएको एआई महिलाको पेशागत जीवनमा संकट निम्त्याउने प्रमुख कारक बन्ने देखिएको छ ।
कृत्रिम बौद्धिकता (एआर्ई) र स्वचालन (अटोमेसन)मा भएका विकासहरूले मानव समुदायको उन्नतिमा एक प्रमुख छलाङ मारेको सम्पदाको रूपमा आफूलाई उभ्याइए पनि यी विकासहरूले सार्वजनिक जीवनका प्रगतिका अर्को महत्वपूर्ण मापकहरूमा प्रतिकूल असर पार्न सक्ने अनुसन्धानले देखाएका छन्् । यसलाई पारिश्रमिकमा लैंगिक विभेदको रूपमा बुझ्न सकिन्छ ।
आर्थिक गतिविधिमा छलफल एवं बहस गराई प्रतिवेदन सार्वजनिक गर्ने मञ्च द वल्र्ड इकोनोमिक फोरमको एक नयाँ प्रतिवेदनले यस्तो आंशका व्यक्त गरेको छ । यो फोरमले सूचना प्रविधि (आईटी) र इन्जिनियरिङजस्ता उदीयमान उद्योगहरूमा रोजगारको वृद्धिप्रति संकेत गर्दै यस्तो आंशका व्यक्त गरेको हो । सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा भइरहेको एआर्ई र स्वचालनसम्बन्धी विकासले अत्यधिक रूपमा महिलाहरूलाई आघात पु¥याउनेछ । परिणामतः असमानता घटाउने क्षेत्रमा भएको प्रगतिलाई प्रभावित पार्नेछ ।
पारिश्रमिकमा लैंगिक विभेद भनेको पुरूष र महिलाले गर्ने औसत आम्दानीबीचको अन्तर हो । यो विभेद हालका वर्षहरूमा साँघुरिदै आएको देखिएको छ । तर यो विभेद अझ हट्न धेरै लामो समय लाग्ने देखिन्छ । महिला र पुरूषबीचको यो विभेद हट्न ठ्याकै यकिन गर्न खोज्दा विज्ञहरूले २०२ वर्ष लाग्ने अनुमान गरेका छन् । द वल्र्ड इकोनोमिक फोरमले यसबारे गरेको अध्ययनअनुसार श्रमशक्तिको क्षेत्रमा महिला र पुरूषबीचको अन्तर कम गराउने प्रयास नगरिए वा अपेक्षिक प्रगति नभए यो अनुमानित समय अवधि अझ लामो हुनेछ ।
यो फोरममा सामाजिक एवं आर्थिक एजेन्डाका प्रबन्ध निर्देशक तथा प्रमुख सादिया जहिदी यो लैंगिक विभेदका दुई महत्वपूर्ण तत्वहरू भएको बताउँछिन् । पहिलो विषय अधिकांश महिलाहरूको कार्यक्षेत्रमा देखिने भूमिका हो । प्रशासकीय र उपभोक्ता सेवाको भूमिकामा रहेका महिलाहरूको सेवा नयाँ प्रविधिहरूको विकासले स्वचालनबाट हट्ने भएको छ ।
अनि दोस्रो भनेको श्रम क्षेत्रमा जन्मिँदै गरेका भूमिकाहरूको विषय हो । यसमा मेसिन सिकाइ र ठूलो डेटाको भूमिका हो, जुन सूचना प्रविधिको क्षेत्रमा देखिन्छ । जहाँ प्रतिभावान महिलाहरूको उपस्थिति पुरूषको तुलनामा कम छ । जहिदी भन्छिन्, “यी क्षेत्रहरूमा हामीले ठूलो संरचनागत परिवर्तन खोजिरहेका छौं । जुन लैंगिक समानताका लागि परिवर्तन गर्नुपर्ने महत्वपूर्ण बलियो शक्ति हुनेछ ।”
विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथ–स्टेम) क्षेत्रका पेशाकर्मीहरूमा महिलाको अभाव अहिलेको तथ्यगत रेकर्ड छ । ऐतिहासिक रूपमा लैंगिक पूर्वाग्रहका कारण अहिलेको लैंगिक असमानता भएको र यसले पारिश्रमिक भुक्तानीमा हुने विभेद निर्माण गरेको विषयमा द वल्र्ड इकोनोमिक फोरमको सो प्रतिवेदनले उल्लेख गरेको छ । यसक्रममा प्रतिवेदनले महत्वपूर्ण रूपमा प्रविधि क्षेत्रको एआर्ई उद्योगमा प्रकाश पारेको छ । एआर्ई उद्योगको क्षेत्रमा अन्य क्षेत्रको तुलनामा लैंगिक विभेद तीन गुणा बढी छ । यो क्षेत्रको श्रमशक्तिमा महिलाहरूको सहभागीता २२ प्रतिशतजति छ ।
पारिश्रमिक दिने सवाल र लैंगिक समानताका सवाल भन्दा पनि पारिश्रमिक भुक्तानीको असमानताले प्रविधि क्षेत्रका आफ्नै विषयहरूको सिर्जनामा आघात पु¥याउनेछ । जे भने पनि एआर्ईको अन्तिम लक्ष्य भनेको मानव र मानवीय व्यवहार जस्तो सोच्नु हो । यो एआर्ईले अत्यधिक मानिसहरू भएको आधारमा कम्प्युटर विधिको कार्यक्रम तय गर्दा त्यहाँ मेसिनले सिकाइको क्रममा लैंगिक विभेदका विषयहरूलाई छोड्न पुग्छ । जुन एआर्ईको अन्तिम लक्ष्यसँग मेल खाँदैन ।
द वल्र्ड इकोनोमिक फोरममा एआर्ई र मेसिन लर्निङ क्षेत्रका प्रमुख के फर्थ बटरफिल्ड भन्छिन्, “एआर्ई सिर्जना गर्ने व्यक्ति समग्र समाजको प्रतिनिधित्व गर्छन् । तिनका लागि यो महत्वपूर्ण निर्णायक विषय हो ।” विविधताको कमी भनेको हामीले समग्र जनसंख्याको प्रतिनिधित्व गर्दैनौं भने हुन्छ, जुन हाम्रा लागि ठूलो समस्या हुन्छ ।” उनले थपिन्, “यसको समाधानका लागि हामीले प्रविधिको क्षेत्रमा धेरै भन्दा धेरै महिलालाई सहभागी हुन प्रोत्साहन गर्ने कार्य गरिरहनुपर्छ ।”
प्रतिवेदनले उल्लेख गरेअनुसार केही उद्योग र प्रतिष्ठानहरूले उदीयमान प्रविधिको क्षेत्रमा सहभागी हुन बढी भन्दा बढी महिलालाई प्रोत्साहन गरिरहेका छन् । यसका लागि महत्वपूर्ण विषय भनेको शिक्षा एवं स्वास्थ्य हेरचाहको क्षेत्र र गैरमुनाफाको क्षेत्रमा महिलाको सक्रियता बढी देखिन्छ । प्रतिभाका आधारमा एआर्ईको क्षेत्रमा महिलाको संख्या पुरूषको भन्दा कम देखिएको छ । यस क्षेत्रमा महिलाको सहभागिता बढाउनका लागि आह्वान गरिएको छ ।
प्रतिवेदन भन्छ– लैंगिक विविधता सहितको विविधताको दृश्यमा एआर्ईद्वारा सिर्जना गरिएका आर्थिक अवसरहरूको क्षेत्रका सिर्जनशीलहरूमा विविधता महत्वपूर्ण हुन्छ । यसले विद्यमान लैंगिक असमानतालाई बढाउँदैन र नयाँ एआर्ई सिस्टमले समग्र समाजको आवश्यकता पूरा गर्छ । महिलाहरूलाई यस्ता प्रविधिको क्षेत्रको पेशा अंगाल्न प्रोत्साहन गर्ने समूह मध्येको एक एसजीइनोभेट हो । यो समूहको सञ्जाललाई सिंगापुरको सरकारले प्रोत्साहन गरिरहेको छ । यो कार्यक्रम अन्तर्गत महिलाका लागि स्टेम क्षेत्रमा इन्टर्नसिप गर्न र रोजगारी गर्न प्रचुर अवसरहरूको सिर्जना गरिएको छ ।
एसजीइनोभेटका संस्थापक प्रमुख कार्यकारी स्टिभ लिओनार्डले पुरानो किसिमको अवधारणालाई क्रम भंग गरी यस क्षेत्रमा बढी भन्दा बढी महिलाको सहभागीता बढाउनुपर्ने बताए । उनले भने, “स्टेममा सहभागी हुने रूचि जगाउन महिलाहरूलाई अभिप्रेरित गर्नुपर्नेमा शंका छैन ।” एआर्ई र मेडटेक जस्ता प्रविधिको क्षेत्रमा महिलाको सहभागीता बढाउन एसजीइनोभेटका अधिकांश संस्थापकहरूले उनीहरूलाई सहयोग र समर्थन गरिरहेका छन् । उनले भने, “हामीले बस्न खोजेको संसार निर्माण गर्न चाहिन महान सिर्जनशीलताको निर्माणका लागि बढी भन्दा बढी महिलाको सहभागीता यो क्षेत्रमा सुनिश्चित गर्नेमा विश्वस्त छौं ।”
सिंगापुरस्थित भर्ना गर्ने प्रतिष्ठान हेजका व्यवसाय निर्देशक एडम एडवार्ड्जले उदीयमान उद्योगका उद्यमीहरू पनि लैंगिक विभेद कम गर्न यसमा अगुवाइ भूमिका खेलिरहेको बताए । उद्यमीहरूले महिलाहरूलाई तालिम दिन र रोजगार दिने योजनालाई अगाडि बढाइरहेका छन् । लैंगिक समावेशीताबाट हुने व्यावसायिक लाभका बारेमा उद्यमीहरू बढी सजग र मुखर भइआइएका छन् । यसले दक्ष महिला सिर्जना गर्ने अवस्थाका लागि सकारात्मक प्रभाव पारिरहेको छ ।
महिलाहरूको सहभागीताका लागि गरिएको यस प्रकारका प्रयासहरू कायम रहे पनि लैंगिक विभेद तत्कालै हट्ने अवस्था भने छैन । लैंगिक विभेदका प्रमुख दुई विषयगत क्षेत्र छन् । आर्थिक र राजनीतिक समानताका विषय लैंगिक असमानताका लागि महत्वपूर्ण विषयहरू हुन् । यस्ता प्रयासहरू समाज र देशका हरेक घटकहरूबाट निरन्तर जारी रहनुपर्ने अध्ययनले आवश्यकता औंल्याएको छ ।
द वल्र्ड इकोनोमिक फोरमले विभिन्न देशमा भइरहेका प्रयासहरूको अध्ययन गरेको छ । त्यसअनुसार चार प्रमुख आयाममा काम भइरहेको पाइएको छ । आर्थिक सहभागिता एवं अवसर, शैक्षिक प्राप्ति, स्वास्थ्य एवं जीवन र राजनीतिक सशक्तिकरण जस्ता विषय छन् । अध्ययनबाट स्वास्थ्य क्षेत्रको अन्तर करिब–करिब समाप्त हुन थालेको देखिन्छ । शैक्षिक क्षेत्रको अन्तर करिब आगामी १४ वर्षमा समाप्त हुनेछ । महत्वपूर्ण मानिएको राजनीतिक समानताका लागि लाग्ने समय १०७ वर्ष तोकिएको छ । लैंगिक विभेदका दुई महत्वपूर्ण मध्येको आर्थिक समानताका लागि अझ १०२ वर्ष लाग्ने देखिएको छ ।
फोरमले गरेको अध्ययनअनुसार आर्थिक सहभागीता एवं अवसरको क्षेत्रमा महिला पुरूषको अन्तर प्रतिशत ५८ रहेको छ । महिलाहरूले उच्च पदहरूमा काम गर्ने अवस्था अझ धेरै खराब अवस्था छ । महिला र पुरूषले म्यानेजर हैसियतमा कमाइ गर्ने समान अवस्था भएका पाँच देशहरू रहेको अध्ययनबाट पत्ता लागेको हो । बहामास, कोलम्बिया, जमैका, लाओस र फिलिपिन्समा म्यानेजर तहको कमाइ गर्ने महिला र पुरूषको अवस्था बराबर जस्तो रहेको देखिन्छ । सिरिया, लेबनान, अल्जिरिया, इजिप्ट, साउदी अरेबिया, यमन र पाकिस्तानमा म्यानेजरजस्ता पदमा ९० प्रतिशत पुरूषको कब्जा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्