साञ्जेन जलविद्युत् कम्पनीको सीईओमा ढुंगेल «

साञ्जेन जलविद्युत् कम्पनीको सीईओमा ढुंगेल

साञ्जेन जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनीलकुमार ढुंगेल नियुक्त भएका छन् । कम्पनीको जेठ २७ गतेको सञ्चालक समितिको बैठकले ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।


यसअघिका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राजीनामा दिएसँगै रिक्त पदमा खुला प्रतिस्पर्धाबाट ढुंगेल नियुक्त भएका हुन् । ढुंगेल नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारीसमेत हुन् ।


रसुवा जिल्लामा १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले जलविद्युत् क्षेत्रका अनुभवी ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्