दराजबाट सामान किन्दा हिमालयन बैंकका ग्राहकलाई १५% छुट «

दराजबाट सामान किन्दा हिमालयन बैंकका ग्राहकलाई १५% छुट

हिमालयन बैंक र इ–कमर्श साइट दराजबीच बैंकका ग्राहकलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकको सुविधाका लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।


उक्त सम्झौताअन्तर्गत हिमालयन बैंकका ग्राहकले दराजबाट बिहीबार आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी सामानहरु खरिद गर्दा १५ प्रतिशत वा अधिकतम पाँच सय रूपैयाँसम्म छुट प्राप्त गर्न सक्ने दराजले जनाएको छ ।


बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितिबाट आफ्ना ग्राहकलाई सुरक्षित राख्न डिजिटल बैंकिङको प्रवद्र्धन गर्ने सिलसिलामा दराजबाट सामानहरु खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको हो । दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकाले आफ्ना ग्राहक लाभान्वित हुने बैंकले जनाएको छन् ।
बैंकको क्रेडिट वा प्रिपेड कार्ड प्राप्त गर्न बैंकको नजिकको शाखा कार्यालयमा गई ग्राहकहरुले निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्