वेष्ट फाइनान्सद्वारा सोलार प्यानल सहयोग «

वेष्ट फाइनान्सद्वारा सोलार प्यानल सहयोग

वेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकामा आएको बाढी प्रभावित स्थानीयलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ ।
यही असार १ गते आएको बाढीले पु¥याएको क्षतिका कारण त्यस क्षेत्रमा बिजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका हेलम्ब क्षेत्रका जनतालाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्बु गाउँपालिकालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । फाइनान्सको टोली सिन्धुपाल्चोकको हेलम्बु पुगेर उक्त सहयोग प्रदान गरेको हो ।
काठमाडौको कमलादीमा प्रधान कार्यालय रहेको वेष्ट फाइनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत हेलम्बुबासीलाई सहयोग गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्