किसानलाई अनुदानमा कृषि सामग्री «

किसानलाई अनुदानमा कृषि सामग्री


तातोपानी गाउँपालिकाका मार्सी धान रोप्ने किसानलाई अनुदानमा जैविक मल, औजार, थ्रेसर लगायतका कृषि सामग्री वितरण गरिएको छ ।
एक स्थानीय तह एक बाली उत्पादन विशेष साझेदारी कार्यक्रम अन्तरर्गत तातोपानीमा धान ब्लक कार्यक्रम सञ्चालित छ ।

धानको उत्पादकत्व वृद्धि गर्न किसानलाई १८ लाख बराबको आवश्यक तालिमसहित कृषि सामग्री वितरण गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने बताए ।
जिल्ला कृषि विकास कार्यालयको ७५ प्रतिशत र पालिकाको २५ प्रतिशत लगानीमा किसानलाई कृषि सामग्री अनुदानमा दिइएको हो ।

सीप र प्रविधिसहित गरी १८ लाख बराबरको लगानीमा धान ब्लक कार्यक्रम तातोपानीमा सञ्चालन भएको छ । १८ लाख मध्ये १० लाख बराबरको सामग्री खरिद भएको छ ।
प्रत्यक स्थानीय तहलाई कृषि ब्लक कार्यक्रम सञ्चालनकका लागि प्रति पालिका १४ लाख ४० हजारका दले कृषि विकास कार्यालयले बजेट दिएको छ । स्थानीय तहले ४ लाख ३२ हजार आफ्नो लगानी गरेका छन् । चालु आर्थिक वर्षमा १ करोड २० लाख लगानीमा जुम्लाका आठै स्थानीय तहमा विभिन्न कृषि ब्लक कार्यक्रम सञ्चालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्