विश्वभर २० करोड हुवावे फोन बिक्री «

विश्वभर २० करोड हुवावे फोन बिक्री

अमेरिका र चीनबीचको व्यापार युद्धको अवस्थामा चिनियाँ कम्पनी हुवावेले यो वर्ष २० करोड स्मार्टफोनको सीपमेन्ट गरेको छ । कम्पनीले एकपछि गरी अर्को राम्रो स्मार्टफोन ल्याइरहेको छ । पछिल्लो समय नोभा सिरिज र पी २० र मेट २० सिरिजका मोबाइल फोन कम्पनीले बजारमा ल्याएको छ ।
अमेरिका र चीनबीचको व्यापारिक प्रतिस्पर्धाका कारण कम्पनीका प्रमुख वित्तीय अधिकारी क्यानाडामा गिरफ्तार हुँदा बजारमा उत्पादन पठाउन ढिलाइ भयो । तर पनि कम्पनीले सन् २०१८मा २० करोड स्मार्टफोनको सीपमेन्ट ग-यो ।
कम्पनीको उन्नति अधिक भएको बजार विज्ञहरूले बताएका छन् । सन् २०१० मा ३० लाखमात्र स्मार्टफोन सीपमेन्ट गरेको यो कम्पनीले १० वर्षभित्र २० करोड थानको सीपमेन्ट गरेको छ ।
नोभा सिरिजका मोबाइलको सीपमेन्ट ६ करोड ५० लाख, पी २० सिरिजका स्मार्टफोन १ करोड ६० लाख र मेट२०का ५० लाख सीपमेन्ट गरेको कम्पनीले जनाएको छ । यसैगरी कम्पनीका अन्य मोबाइलहरूमा हनर १० र भी १० सिरिजका मोबाइलहरू पनि बजारमा पठाइएको जनाइएको छ । हुवावे अहिले विश्वव्यापी रूपमा दोस्रो ठूलो कम्पनी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्