इँटा भट्टाको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु «

इँटा भट्टाको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका–११ गम्हरिया पल्सी टोलका निवासी सदाम अन्सारीका ८ वर्षीय छोरा रेआज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारी रहेको प्रहरीले जनाएको छ ।

गाउँनजिकै रहेको इँटा उद्योगको चिम्नीभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएकोे छ ।
मृतक बालकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बालकहरूको डुबेर मृत्यु भएको इँटा उद्योग पूर्वसभासद् जंगिलाल रायको रहेको गम्हरियाका वडाध्यक्ष नन्दकिशोर रायले बताए ।
वडाध्यक्ष रायको अनुसार इँटा उद्योगमा कामदारहरू भएको समयमा कसैलाई पनि छेउछाउमा आउन नदिने गरेको भए पनि बिहान भने उद्योगमा कामदारहरू नभएको समयमा बालकहरू पौडी खेल्न जाँदा घटना हुन गएको बताए ।

प्रतिक्रिया दिनुहोस्