पहिरोमा परी रोल्पामा तीन जनाको मृत्यु «

पहिरोमा परी रोल्पामा तीन जनाको मृत्यु



रोल्पा । लामो समयको अविरल वर्षापछि गएराति गएको पहिरोमा परी रोल्पामा ३ जनाले ज्यान गुमाएका छन् । रोल्पा नगरपालिका–९ ह्वामा लिउनमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

घटनामा परी ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोमा पुरिएर मृत्यु हुनेहरूमा रोल्पा नगरपालिका–९ लिउनका ८६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया सुशीला बुढा र १६ वर्षीया श्यामकला बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


पहिरोमा परी ४५ वर्षीया सुनमाया बुढा, ४० वर्षीय टीकासिंह बुढा र ९ वर्षीय शक्तिमान बुढा घाइते भएको बताइएको छ । घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ प्रहरी नायव उपरिक्षक सुवेदीले भने ।


घटनाको थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदी नेतृत्वको प्रहरी टोली घटना स्थल पुगी उद्धारमा जुटेको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकामसँग जोडिएको भए पनि कच्ची सडकका कारण प्रहरीको टोली बिहान पुगेको थियो ।

-महेश न्यौपाने

प्रतिक्रिया दिनुहोस्