‘मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य’ «

‘मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य’

उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको निष्कर्ष निकालेको छ । गैरकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहहरु विगतका क्रियाकलाप परित्याग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भइसकेकोले हाल मुलुक द्वन्द्वरत अवस्थामा नरहेको वार्ता टोलीले जनाएको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ता टोलीले विगतमा भएका द्वन्द्वरत समूह वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएका, भएका हतियार बुझाएको तथा केही समूहले निःशस्त्र भएको घोषणा गरेकाले मुलुकमा द्वन्द्वरत समूह नभएको जनाएको हो । उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको निष्कर्ष निकालेको छ । गैरकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहहरु विगतका क्रियाकलाप परित्याग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भइसकेकोले हाल मुलुक द्वन्द्वरत अवस्थामा नरहेको वार्ता टोलीले जनाएको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ता टोलीले विगतमा भएका द्वन्द्वरत समूह वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएका, भएका हतियार बुझाएको तथा केही समूहले निःशस्त्र भएको घोषणा गरेकाले मुलुकमा द्वन्द्वरत समूह नभएको जनाएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वका नेकपा माओवादीबाहेक राजनीतिक हैसियतका कुनै समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नभएको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले उल्लेख गरे । “हामी के निष्कर्षमा पुग्याँै भने विगतमा भएका समूह अब राजनीतिक पार्टी र कुनै समूहको हैसियतमा छैनन् । एकाध आपराधिक गतिविधि गरे पनि त्यो नितान्त उनीहरुको व्यक्तिगत स्वार्थको निम्ति हुनेछ र अब कुनै पनि समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नरहेको हामीले प्रतिवेदनमा उल्लेख गरेका छौं ।”संविधानबाहिरका राजनीतिक दल-सशस्त्र समूहसँग भएका सहमति-सम्झौता कार्यान्वयन सुझाव कार्यदल २०७१ ले अध्ययन गर्दा एक हजार १७६ व्यक्तिहरुलाई मुद्दा लागेको अवस्था थियो । वार्ता टोलीले अध्ययन गर्दा जम्मा ६०७ मुद्दा लागेका व्यक्तिको विवरण प्राप्त भएकोमध्ये कानुनबमोजिम फिर्ता लिन नसकिने मुद्दा ३२८ छन् । वार्तामा आएका समूहका द्वन्द्वको क्रममा मुत्यु भएकाको संख्या ९० र घाइते ४२ रहेको वार्ता टोलीले जनाएको छ । संयोजक पाण्डेका अनुसार सरकारको अभिलेखमा ४५ वार्ता समूह रहेकामा वार्ता टोलीले विस्तृत रुपमा खोज्दा २६ समूहको पहिचान भएको र त्यसमध्ये २० समूह आफैं समाप्त भइसकेकाले उनीहरुसँग वार्ता गर्नुपर्ने आवश्यकता छैन । बाँकी समूहसँग वार्ता गरी निःशस्त्र बनाएर केही हतियार पनि फिर्ता गरिएको छ । मधेशमा समूह खडा गरी विभिन्न गतिविधि चलाइरहेको सिके राउत समूह राजनीतिक प्रकृतिको नभएकोले वार्ता गर्नु नपर्ने टोलीको निष्कर्ष छ । विप्लव नेतृत्वको माओवादीसँग वार्ताका लागि ढोका खुल्ला भएको र उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दसँगै वार्ताटोलीले छलफल गरेर मात्र वार्ताका लागि औपचारिक पत्राचार गरिने वार्ता टोलीले उल्लेख गरेको छ । वार्ता टोलीले विगतमा सहमति-सम्झौता गरेका र वार्तामा समावेश नभएका सबै समूहसँग औपचारिक वार्ताका लागि आह्वान गरेको थियो । द्वन्द्वरत एवम् विभिन्न पक्षसँग वार्ता गर्न सरकारले गत भदौ ८ गत मन्त्रिपरिषद्बाट पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय अधिकार सम्पन्न वार्ताटोली गठन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्